२०७६ मंसिर २१, शनिबार
Close
Badalpari शुक्रबार, कार्तिक २९, २०७६    १६:०७:०५

खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको छ । खुलामञ्चबाट उत्तर र रन्तपार्कबाट दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा टहरा बनाएर पसलका लागि भाडामा लगाइएको थियो ।

उक्त जग्गामा शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा ताला लगाइएको हो । दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक ७ लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो ।

गुठी संस्थानले सुरुमा अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँमा भाडामा दिएको थियो । गुठी संस्थानले उक्त सम्झौता भंग गरिसकेको छ । काठमाडौं महानगरपालिका २८ नम्बर वडा कार्यालयले बुधबार जिल्ला प्रशासन कार्यालयलाई शुक्रबार टहरा हटाउनेबारे जानकारी गराएको थियो ।

गुठी संस्थानले भट्टराईसँगको सम्झौता रद्द गरी सो देवस्थल र वरपरको प्रांगण सफा सुरक्षित गर्ने र कुनै संरचना बनेको भए खाली गराउने भनी निर्णय गरेकाले हटाइएको महानगरपालिकाले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari