२०७६ मंसिर २१, शनिबार
Close
Badalpari बुधबार, आश्विन ०१, २०७६    ९:१३:१३

युएईमा श्रमरत उर्मिला माया मोक्तान र सुमन मगरले युएई एक्सचेञ्जबाट नेपालमा पैसा पठाउँदा जनही एक/एक लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

एमएबी फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत मकवानपुर फापरबारीकी उर्मिलाले यो पुरस्कार युएई एक्सचेञ्जबाट नेपालमा रहेका आफन्तलाई हिमाल रेमिटमा पैसा पठाउँदा पहिलो हप्ताको पुरस्कार पाएकी हुन् ।

यसैगरी युएई एक्सचेञ्जबाट पैसा पठाउदा दोश्रो हप्ताको १ लाख रुपैयाँको विजेता अजमानमा कार्यरत सुमन मगर बनेका छन् ।

१५ महिनाअघि युएई आएका मगर अजमानको नेस्टो हाइपरमार्केटमा काम गर्छन् ।

यस योजना अन्तर्गत उर्मिला माया मोक्तान र सनम मगरलाई युएई एक्सचेञ्जले हिमाल रेमिटका प्रतिनिधिको उपस्थितिमा एक/एक लाख रुपैयाँ हस्तान्तरण समेत गरेको छ ।

पहिलो र दोस्रो हप्ताका दुवैजना विजेतालाई उनीहरूकै कार्यस्थलमा गएर एक कार्यक्रम गरी पुरस्कार प्रदान गरेको थियो ।

हिमाल रेमिटले यूएई एक्स्चेंजसँग सहकार्य गर्दै ‘दशै आयो रेमिट गरौँ, हिमालबाट १० लाख जितौँ’ पुरस्कार योजना चलाई रहेको छ । यो योजना गत २५ अगस्टबाट सुरु भएर आगामी अक्टोबर ५ सम्म रहने युएई एक्सचेञ्जले बताएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari