२०७६ माघ ०६, सोमबार
Close
Badalpari शुक्रबार, मंसिर २०, २०७६    १५:२७:२९

१३ औं साग अन्तर्गत नेपाल र माल्दिभ्सविरुद्धको टि–२० क्रिकेटमा नेपालले पहिले ब्याटिङ गर्दै एक सय ६३ रन जोडेको छ । सामान्य स्कोरतर्फ अघि बढेको नेपाललाई करण केसीले अन्तिम ओभरमा २४ रन बटुल्दै उकासेका थिए ।

नियमित विकेट पतनले गर्दा नेपाल अपेक्षित रुपमा विशाल स्कोर बनाउन भने चुक्यो । पूर्वकप्तान पारस खड्का सस्तैमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो । उनले ९ बलमा ११ रन मात्र जोड्न सके । यसैगरी भुटानविरुद्ध शतक बनाएका कप्तान ज्ञानेन्द्र मल्ल पनि १९ रनमा आउट भए ।

तेस्रो नम्बरमा आएका आरिफ सेखले १७ रन बनाएर पेभिलियन फर्किए भने रोहित कुमार पौडेल र पवन सर्राफको ब्याट पनि चलेन । त्यसपछि नेपालको ब्याटिङ सम्हाल्ने जिम्मा दीपेन्द्र सिंह ऐरीको काँधमा आएको थियो ।

ऐरीले विनोद भण्डारीसित उपयोगी साझेदारी गरे । भण्डारी १९ रन बनाएर आउट भए । ऐरी पनि ३६ बलमा ३९ रन बनाएर आउट भएपछि करण केसीले ब्याट घुमाउन थालेका थिए । उनले नेपालका लागि मात्र १६ बलमा सर्वाधिक ४० रन बनाएका छन् ।

नेपालले फाइनलमा स्थान बनाउनका लागि माल्दिभ्स विरुद्ध जित अनिवार्य छ । नेपालले आफ्ना प्रमुख बलर सोमपाल कामीलाई आज पनि बेन्चमा राखेको छ भने रासिद खानलाई पनि खेलाइएको छैन ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari