२०७६ माघ ०६, सोमबार
Close
Badalpari शुक्रबार, मंसिर २०, २०७६    १५:२९:२८

गुल्मीमा १० वर्षीया बालिका बलात्कृत भएकी छन् । स्कूल जाने क्रममा बालिका बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बालिका बिहीबार विहान स्कुल जान दाजुहरुसँगै गाडी चढेकी थिइन् । तर, चालकले दाजुलाई एक ठाउँमा छोडेर बालिकालाई अर्कै ठाउँमा लिएर बलात्कार गरेको डीएसपी मिनबहादुर घलेले बताए ।

बलात्कृत बालिकाका दाजुले बहिनीलाई अन्यत्र लगेको देखेपछि घरमा खबर गरेका थिए । बलाकृत भएकी बालिकालाई चालकले ३० रुपैयाँ दिएर फाएको पाइएको डीएसपी घलेले बताउ ।

प्रहरीले बालिकाका बलात्कार गर्ने रुरु क्षेत्र गाउँपालिका-३ लोलङखोलाका ४१ वर्षीय भोजबहादुर सार्कीलाई पक्राउ गरिसकेको छ । उनले सोही क्षेत्रमा गाडी चलाउँदै आएका थिए ।

उनलाई म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक घलेले जानकारी दिए ।

बालिकाको स्वास्थ्य जाँचपछि घरमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari