२०७६ माघ ०६, सोमबार
Close
Badalpari शुक्रबार, मंसिर २०, २०७६    १७:०४:१२

यस वर्षको प्रतिक्षीत फिल्म हो, – ‘प्रेमगीत ३’। फिल्मको हाल मनाङमा छायांकन भईरहेको छ।

केही दिनअघि अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको फिल्म युनिटले शुक्रबार बाल कलाकार अनुभव रेग्मी र योगीशा खत्रीको क्यारेक्टर पोष्टर सार्वजनिक गरेको छ।

फिल्ममा अनुभवले अभिनेता प्रदीप खड्का र योगीशाले अभिनेत्री क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा काम गरेकी छन्।

आशुसेन फिल्मसको व्यानरमा निर्माण भईरहेको फिल्ममा सन्तोष सेनको लगानी छ। फिल्मलाई निर्माता सेन र छेतन गुरुङले संयुक्त रुपमा निर्देशन गरिरहेका छन्।

निर्देशक गुरुङ र मन्दीप गौतमको लेखन रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगीशा खत्री, कृजन गौतम लगायतका कलाकारहरुको अभिनय रहनेछ।

पूर्ण प्रेमकथामा निर्माण हुने फिल्म चैत २८ गतेदेखि देशब्यापी प्रदर्शनमा आउनेछ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari