२०७६ मंसिर २१, शनिबार
Close
Badalpari शुक्रबार, आश्विन ०३, २०७६    १०:१८:१७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि (व्यवस्था) उल्ट्याउन केही अराजक तत्वहरू लागिपरेको आरोप लगाएका छन् । उनले त्यस्ता तत्वहरूले भ्रम पैदा गराएको भन्दै त्यसको प्रतिवादमा उत्रन जनतालाई आह्वानसमेत गरेका छन् ।

केही समययता परिर्वतनविरोधी सल्बलाएको भन्दै त्यसविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका प्रचण्डले संविधान दिवसको शुभकामनामा पनि परिवर्तन विरोधी सल्बलाएको भन्दै सतर्क रहनुपर्ने आवश्यकतामा जोड दिएका छन् । तर, उनले त्यस्ता परिवर्तन विरोधी तत्व को–को हुन् भनेर नाम भने उल्लेख गरेका छैनन् ।

‘जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन्’, संविधान दिवसका अवसरमा जारी सन्देशमा प्रचण्डले भनेका छन्, ‘जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन आग्रह गर्दछु ।’

संविधानबाट मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्यजस्ता लोकतन्त्रका अवयवहरुको जग बसेको दाबी प्रचण्डले गरेका छन् । यसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको प्रचण्डको भनाइ छ ।

संविधानले समाजवादी व्यवस्थातर्फ मार्ग प्रशस्त गरेकाले नयाँ विचारको विकास गरी नेपाली मौलिकताको समाजवाद स्थापना गर्नु पर्ने मत प्रचण्डको छ ।

प्रचण्डले सन्देशमा नेपाली आमाबावुका सर्वोत्तम छोराछोरीको त्याग र बलिदानले देशमा राजनीतिक परिवर्तन भएको स्मरण गर्दै सबैप्रति सम्मान व्यक्त गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari