विन्ती छ मलाईले ग¥यो ह्याट्रिक
काठमाडौं । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा सम्पन्न भएको ‘औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड – २०७६’ मा सर्वोत्कृष्ट गायक कुलेन्द्र वि.क. र सर्वोत्कृष्ट गायिका राधिका हमाल हुन सफल भएका छन् । गायक कुलेन्द्र वि.क.ले सालको पात गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड चुम्न सफल भएका हुन् भने गायिका राधिका हमालले लाहुरे गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी हुन् ।
त्यस्तै औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्डमा तीन विधामा अवार्ड चुम्न सफल हुँदै ‘विन्ती छ मलाई’ बोलको गीतले ह्याट्रिक गर्न सफल भएको छ । सोही गीतबाट सर्वोत्कृष्ट संगीतकार सुगम संगीततर्फ ज्योतिप्रकाशले अवार्ड चुम्न सफल भए भने म्यूजिक भिडियो निर्देशकमा सुमन पण्डित, म्यूजिक भिडियो मोडलमा नारायण ढकालले अवार्ड चुम्न सफल भएका थिए ।
त्यसैगरी सुगम संगीततर्फ गायक रमेशराज भट्टराई, गायिकातर्फ रेणु मोक्तान, गीतकारतर्फ डा.डी.आर. उपाध्यायले अवार्ड चुम्न सफल भएका थिए भने युगल गायनको अवार्ड समिर आचार्य र विद्या तिवारीले अवार्ड चुम्न सफल भए ।
लोकदोहोरी विधातर्फ सर्वोत्कृष्ट शब्द शिव हमाल, सर्वोत्कृष्ट भाका वसन्त थापाले चुम्न सफल भए भने सर्वोत्कृष्ट नव गायनतर्फ गायिका सन्जु न्यौपाने र इन्द्र दोङ लामाले अवार्ड चुम्न सफल भए । कल्चरल गीतर्फ गायिका लक्ष्मी तामाङ र रुद्रसेन विश्वकर्माले अवार्ड चुम्न सफलभएका थिए ।
कार्यक्रममा नेपालका पहिलो ड्रमर देव रानालाई लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियाे भने वरिष्ठ सङ्गीतकार राजु सिंहलाई रजत सम्मान प्रदान प्रदान गरिएको थियो । वरिष्ठ पत्रकार हरिहर विरहीलाई विशेष पत्रकारिता सम्मान प्रदान गरिएको थियोे भने पत्रकार, समाजसेवी, व्यवसायी, खेलाडी लगायत २६ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
नेपालका पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अवार्ड कार्यक्रमलाई लोकप्रिय निर्देशक एवं आवाजका दुनियाँका साथी दिनेश डिसीले संचालन गरेका थिए । सोही अवार्ड समारोहमा औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै संस्थाद्वारा विभिन्न जिल्लाहरुमा औद्योगिक मेलाहरु आयोजना गर्दै गर्दा कलाकारहरुलाई स्टेज मात्र दिन सफल भएको बताउँदै अब सम्मानको वातावरण बनाउनका लागि अवार्ड आयोजना गरिएको बताएका थिए । पहिलो अवार्डमा नै कलाकारहरुको उत्साहजनक सहभागिता देखेर आफू खुशी भएको बताउँदै अवार्डलाई आगामी दिनमा अझै व्यवस्थित र निष्पक्ष बनाउँदै लैजाने बताए ।
त्यसैगरी अवार्ड कार्यक्रमको निर्देशक संचारकर्मी सूर्य चन्द रहेका थिए भने कार्यसमितिमा उपाध्यक्षमा राजकुमार खड्का, महासचिव शंकर गुरुङ, कोषाध्यक्षमा प्रितम मल्ला ठकुरी, कार्यालय प्रमुख विनोद जयसवाल, कार्यालय सचिव विनोद सुर्खेती रहेका छन् ।