दशैं आउन लाग्दा वैदेशिक रोजगारीमा रहेका नेपाली युवाहरुमा पनि आर्थिक दवाब बढ्न थाल्छ । उनीहरुले नेपालमा आफ्नो परिवारलाई जसरी पनि खर्च पठाउनैपर्ने बेला हो, यो ।
रोजगारीका सिलसिलामा लाखौं युवाहरु विदेशमा छन् । उनीहरुमध्ये केही छुट्टी लिएर दशैं मनाउन नेपाल आउँछन् । तर, अधिकांश विदेशी भूमिमै परिवार सम्झेर बस्न बाध्य छन् । आफूले दशैं मनाउन नपाए पनि नेपालमा परिवारलाई दशैं खर्च पठाउने दायित्व उनीहरुको काँधमा हुन्छ ।