२०७६ फाल्गुण १५, बिहिबार
Close
Badalpari आइतबार, माघ ०५, २०७६    ११:०७:१८

गौरव प्रधान बैदेशीक रोजगारको शिलशीलामा दुबईमा थिए । आफ्नो श्रीमती सुनिता प्रधान पौडेलको पेटमा तीन सन्तान हुँकर्दै गर्दा सुत्केरी हुने समयमा उनी नेपाल आए । डाक्टरले दिएको समयमा उनलाई पोखराको मणिपाल शिक्षण अस्पतालमा लगियो । तीन सन्तान छन् भन्ने कुरा पहिले नै पक्का पक्की थियो र त्यही अनुरुप डा। महेन्द्रराज पाण्डेको टोली अप्रेशन थ्रिएटर भित्र गयोे ।

तीन बच्चा जन्मिने भन्ने खबरले सुखी हुँदै गौरवका परिवार बाहिर त्यही अनुसारको व्यवस्थापनका साथ बसिरहेका थिए । केही समयपछि एकजना नर्स निस्कीएर अर्को पनि बच्चा रहेछ कपडा ल्याउनुस भनेपछि गौरब चकित भए । तीनवटा मात्र बच्चा छ भनेर बसेको चारवटा बच्चा भएको खबर सुरुमा पत्ताउनै गाह्रो भएको गौरब बताउँछन् । पछि डाक्टर नै आएर भनेपछि बल्ल पत्यार लागेको उनले बताए ।

स्याङ्जा पुतलिबजार घर भएकी २६ बर्षीय सुनिता प्रधान पौडेलले पोखराको मणिपाल शिक्षण अस्तालमा चार शिशुको जन्म दिएकी छन् । तीन छोरी र एक छोराको जन्म दिएकी सुनिता र बच्चा सबैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको ।

हेर्नुहोस् यो भिडियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari