२०७६ चैत्र २०, बिहिबार
Close
Badalpari आइतबार, माघ ०५, २०७६    १३:४८:२०

आफ्नो एक साता लामो भ्रमणका लागि बेल्जियमका राजा फिलिपकी बहिनी राजकुमारी अस्त्रिद काठमाडौं आइपुगेकी छिन् ।

राजकुमारी अस्त्रिद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले स्वागत गरेका छन् ।

नेपाल बसाइँका क्रममा राजकुमारी अस्त्रिदले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजकुमारीे कैलाली, नवलपरासी र चितवन पनि पुग्ने पनि मन्त्रालयले जनाएको छ । कैलालीमा उनले एक नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका बिरामीलाई भेट्ने कार्यक्रम तय भएको छ । यस्तै उनले नवलपरासीको मध्यविन्दु अस्पतालमा पनि क्षयरोगका बिरामीलाई भेट्ने छिन् ।

यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो ।

राजकुमारी अस्त्रिद बारुदी सुरुङविरुद्धको अभियानमा पनि सक्रिय छिन् । नेपाल भ्रमण पूरा गरी राजकुमारी माघ ११ गते फर्कनेछिन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari