२०७६ फाल्गुण १५, बिहिबार
Close
Badalpari आइतबार, माघ ०५, २०७६    १४:२४:१७

सरकारले सिमेन्टको नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ । शुक्रबार बसेको गुणस्तर परिषदको १०२औं बैठकले नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्टको नेपाल गुणस्तर स्वीकृत गर्ने निर्णय गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्राविधिक समितिबाट सिफरिस गुणस्तर अनुमोदन गरेको हो । हाल प्रयोजनमा रहेको ३३ ग्रेडको ओपीसी सिमेन्टलाई यथावत राख्दै उच्च गुणस्तरको दुई ग्रेडको सिमेन्टको नेपाल मापदण्ड निर्धारण गरिएको विभागले जनाएको छ ।

नयाँ गुणस्तर निर्धारणले पाँच वर्षदेखि सरकारलाई गर्दै गुनासो समाधान भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाले बताए । ‘मापदण्ड आउनु राम्रो कुरा हो, हाम्रो माग पुरा भएको छ तर केही प्राबधानहरु कसिलो छन्,’ अध्यक्ष थापाले भने ।

भारतीय सिमेन्टको गुणस्तरसँग मिल्ने गरी गुणस्तर निर्धारण गर्न माग गरे पनि यस्तो नभएको उनले बताए ।

सरकारले तोकेको नयाँ मापदण्डले उत्पादन लागत बढ्ने गुनासो व्यवसायीको छ । ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन भईरहे पनि सरकारले गुणस्तर तथा ग्रेड नतोकिदिँदा नेपाली उद्योगले आफ्नो उत्पादनमा सो कुरा उल्लेख गर्न पाएका थिएनन् ।

नेपालमा विदेशीले निर्माण गर्ने ठूलो आयोजनाहरुमा उक्त ग्रेडको सिमेन्टको माग अत्याधिक हुनेको छ । नेपालमा ग्रेड र गुणस्तर नतोकिँदा भारतबाट त्यस्तो सिमेन्ट नेपालमा आयत हुने गरेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari