२०७६ फाल्गुण १५, बिहिबार
Close
Badalpari आइतबार, माघ ०५, २०७६    १४:२९:०६

नेपाली लोक गीत संगीतको बजार निकै फराकिलो बन्दैँ गएको छ । मौलिक पन झल्कने भाका र परिवेश अनुुसारमा गाइने भाकालाई सर्वोकृष्ट रुपमा प्रस्तुत गरेर सिर्जनाहरु बजारमा आइरहेका छन ।

गायक रमेश राना र गायिका सिता थापाको आवाजमा रहेको मौलिक सालैजो भाकामा आधारित ”स्याङजाली माया ” गीतको भिडियो बजारमा आएको छ ।

मायालु जोडीहरु विचको प्रेमको समपर्णलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । आफनो मायालुलाई जिवनमा कदापी भुल्न नसक्ने कुरा गीतमा गरिएको छ ।

रमेश रानाको शब्द सिर्जना तथा लय सिर्जना र मान बहादुर बराल मगरको एरेन्ज गीतमा रहेको छ । सुशिल डाँगीको छायाँकन , निराजन केसीको सम्पादन तथा अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ । ”स्याङजाली माया ” गीतको भिडियोमा निर आले , बर्षा थापा र विशाल गुरुङको अभिनय तथा नृत्य रहेको छ ।

”स्याङजाली माया ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुृहोस ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari