२०७७ जेठ २०, मंगलबार
Close
Badalpari मंगलबार, चैत्र ०४, २०७६    १०:५०:३३

चीनको वुहानबाट सुरु भएर बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बेलायतमा ५५ जनाको मृत्यु भइसकेको छ, भने १५४३ जनामा संक्रमण देखिएको छ ।

विभिन्न देशका उच्च पदस्थका परिवार, भिआइपी, धनाढ्य, खेलाडीलगायत मा पनि कोरोना भाइरसको संक्रमण देखिनुका साथै मत्यु समेत भएको समाचार आइरहेका छन् ।

यसैबीच बेलायतकी महारानी एलिजावेथ द्धितीयाले कोरोना भाइरसको डरले बर्मिङघम दरबार छोडेको समाचार अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् ।

केही साता अघि ९४ वर्षीया महारानीको स्वास्थ्य अवस्था राम्रै भएपनि उनका सल्लाहकारले दरबारबाट अन्यत्र सार्नु उचित रहेको भन्दै विन्सडर क्यासल लगिएको बताइएको छ ।

उनका श्रीमान फिलिपलाई पनि सेन्डिङगममा अल्लगै राख्ने तयारी भइरहेको छ । दरबार सुत्रले ‘द सन’ लाई दिएको जानकारी अनुसार दरबारमा कसैलाई पनि कोरोना भाइरस संक्रमण नभएको तथा वृद्ध उमेरकी महारानीलाई अलग्गै राख्नु उनको स्वाथ्यका लागि फाइदाजनक भएकाले यस्तो गरिएको बताइएको छ ।

द सनका अनुसार बर्मिङघम दरबार लन्डनको मध्यभागमा रहेको र त्यहाँ काम गर्ने कर्मचारी धेरै रहेका कारण दरबारभित्रै भिडभाड बढी हुने भएकाले महारानीलाई संक्रमण हुने आशंकाले यस्तो गरिएको बताइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – [email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2020 Badalpari