२०७६ मंसिर २१, शनिबार
Close
Badalpari सोमबार, भाद्र ३०, २०७६    १४:३९:५२

विनय जंग बस्नेत कुनै समय दुर्व्सनमा नराम्ररी फसेका थिए । उनी आफैंलाई आफ्नो जीवन देखेर विरक्त लाग्थ्यो । तर, ६ वर्षदेखि उनले आफ्नो जीवनको बाटो बदलेका छन् । उनी दुर्व्यसनबाट बाहिर निस्किएर समाजसेवामा लागे । अहिले उनी आर्यघाटमा वा अन्य स्थानमा बेवारिसे रुपमा फालिएका शवहरुको व्यवस्थापन गर्न लागिपरेका छन् । ‘बाँचुन्जेल त मानिसले समान रुपमा बाँच्न पाएका छैनन्,’ मंगलबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बस्नेतले भने, ‘मृत्युपछि शवमाथि पनि कसैमाथि अन्याय हुन्छ, त्यसलाई रोक्नु आजको आवश्यकता हो ।’

विनयलाई उनको काममा सहयोग होस् भनेर अष्ट्रेलियाको शिक्षण संस्था बक्स हिलका म्यानेजर तथा अन्तर्राष्ट्रिय भाइस प्रिन्सिपल जोन क्यूले सहयोग गरेका छन् । उनले आफ्नो व्यक्तिगत र कलेजको तर्फबाट विनयलाई १५ सय अष्ट्रेलियन डलर प्रदान गरे । ‘उहाँले गरेको काम साँच्चिकै मानवीय भावले ओतप्रोत छ,’ जोनले कार्यक्रममा भने, ‘यसलाई सहयोग गर्दा मेरो मन पनि प्रफुल्लित भएको छ ।’

यो कार्यक्रम अष्ट्रेलियामा नेपाली विद्यार्थी पठाउने शैक्षिक परामर्श कम्पनीहरुको संस्था नायरले संयोजन गरेको थियो । नायरका अध्यक्ष विज्ञान श्रेष्ठले यो कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताए । ‘अष्ट्रेलियामा हामी विद्यार्थी पठाइरहेका छौँ,’ उनले भने, ‘त्यहाँका शिक्षण संस्थाहरुले नेपाली समाजप्रति देखाएको यो सदाशयता निकै प्रशंसनीय छ ।’

यो कार्यक्रम हब प्रोफेसनल सर्भिसेसको सहयोगमा सम्पन्न भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

About Us

”सन्चार सम्बाहकको एक मात्र बिश्वासिलो डिजिटल पत्रिका”

www.badalpari.com

 

Team

तुलसी नारायण श्रेष्ठ (संरक्षक)
स्वस्तिका पन्थी (प्रकाशक)
युवराज पन्थी (सम्पादक)
पुजा कोईराला(रिपोर्टर)

Contact

www.badalpari.com

Email – badalpari1[email protected]

सम्पर्क – 9849583094
सामाखुसी, काठमाण्डौं

Copyright © 2018-2019 Badalpari